शरदको शव हेर्दै काँग्रेस नेताले भने–सरकारले शान्ति सुरक्षा दिन सकेन
प्रकाशित २०७४ असोज २३ सोमबार
441
Shares
काठमाडौं । पूर्व मन्त्री एवं काँग्रेसको निर्माण व्यवसायी समन्वय विभागका पूर्व प्रमुख दीपक गिरीले सरकारले शान्ति सुरक्षा दिन नसकेको बताएका छन् ।
काठमाडौंको शान्तिनगर प्रयागमार्गमा निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार भई मृत्यु भएपछि सिभिल अस्पताल पुगेका गिरीले पछिल्लो समय मुलुकमा गुण्डागर्दी, हत्या, आतंक बढेको भन्दै सरकारले नागरिक नागरिकलाई शान्ति सुरक्षा दिन नसकेको बताए ।
उनले भने, ‘अन्यन्तै इमान्दार र शालीन व्यक्ति शरदकुमार गौचनको दिन दहाडै गोली प्रहार गरी हत्या हुनु सामान्य होइन । यो सिंगो निजी क्षेत्रमाथिको प्रहार हो । यसले देश पुरै हल्लीएको छ । सरकारको यसमा तुन्त ध्यान जाओस् । तत्काल दोषीलाई कडा कारबाही होस् ।’
राजधानीको मुटु क्षेत्रमै दिन दहाडै गोली प्रहार हुनु लज्जास्पद हो, म यसको घोर भत्र्सना गर्छु, उनले भनेका छन् । यथासक्य दोषीलाई कारबाही भइ नागरिकको सुरक्षाको प्रत्याभूति गर्न उनले माग गरेका छन् । गृहमन्त्रालयको जिम्मा पाएको माओवादी केन्द्रले प्रमुख विपक्षीसँग घाँटी जोड्ने अभ्यास सुरु गरेको साता नबित्दै राजधानीमै गोली चलेको हो ।