arrow

माधव नेपाल भन्छन्– वाम एकतालाई बलियो बनाउनुपर्छ

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
madhav-kumar-nepal.jpg.jpeg

काठाडमौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि वामपन्थी शक्तिको तालमेल र एकतालाई बलियो बनाउनुपर्ने बताएका छन् ।

सो पार्टीको पेसागत विशेष जिल्ला कमिटीले बुद्धिजीवीका लागि आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले जनताको चाहना र मुलुकको आवश्यकताबमोजिम वाम तालमेल भएकाले यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

“एकीकरणको यस अभियानमा त्याग र समपर्णका साथै आपसी विश्वास र समन्वयको पनि आवश्यकता पर्छ”, नेता नेपालले भने, “यस्तो समयमा एक शक्तिले अर्को शक्तिलाई आरोपित वा अविश्वास गर्ने काम गर्नु हुँदैन ।”

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच यही असोज १७ गते आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल र एकताको घोषणा भएको थियो ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले उक्त तालमेलका आधारमा मत ल्याई कम्युनिष्टले स्थायी सरकार सञ्चालन गरेर मुलुकलाई समृद्धिमा लाने बताए ।

कार्यक्रममा आगामी प्रतिनिधि सभाका सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ बाट एमालेकी सावित्रा भुषाललाई प्रत्यक्षतर्फको उम्मेदवारी घोषणा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ