arrow

टिकट वितरण गर्ने काँग्रेस संसदीय वोर्डमा को को परे ?

logo
प्रकाशित २०७४ असोज २५ बुधबार

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको काँग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले १७ सदस्यीय समिति गठन गरेको हो।

समितिमा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा रहेको समितिमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि सदस्य रहेका छन्।

यस्तै नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिह केसी, पूर्णबहादुर खड्का, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशसरण महत, बालकृष्ण खाँड र चित्रालेखा यादव पनि संसदीय समितिमा सदस्य चयन भएका हुन्।

काँग्रेसमा १५ जनाको संसदीय वोर्ड हुने भनिएपनि सहमतिमा संख्या थपघट हुन सक्ने विधानको लचक व्यवस्थालाई समातेर १७ सदस्यीय समिति वनाइएको हो। 

काँग्रेसको विधानत उपसभापति महामन्त्री सहमहामन्त्री र कोषाध्यक्ष संसदीय वोर्डको सदस्य हुने भएपनि उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनयन हुन बाँकी रहेका कारण ति पदमा मनोनयनमा परेकाहरु पछि स्वत वोर्डमा पर्ने छन्। 

समितिले असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने गृहकार्यमा काँग्रेस लागेको छ। समिति गठनसँगै उमेद्वार चयनमा तिव्रता आउने काँग्रेस नेता केसीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ