arrow

कमल थापाले भने–राप्रपा सरकारमा जान्छ 

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
kamal-thapa-1.jpg.jpeg

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा सरकारमा सहभागी हुन लागेको बताएका छन् ।

रिपोर्टस क्लब नेपाल रुपन्देहीले गरेको साक्षात्कारमा पार्टी अध्यक्ष थापाले चुनाव धरापमा पर्नसक्ने सम्भावनालाई ध्यान दिएर सरकारमा जान लागेको बताएका हुन् । 

उनले भने, ‘एमाले र माओवादीबीचको तालमेलले निर्वाचन तालिका प्रभावित हुनसक्ने भएकाले निर्वाचन सुनिश्चितताका हाम्रो पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुन लागेको हो ।’

उनले अगाडि भने, ‘यो परिस्थितिजन्य आवश्यकता हो, हामी सरकारमा जाँदा समयमै निर्वाचन पनि हुन्छ र यो सरकार पनि अल्पमतमा पर्दैन ।’

अध्यक्ष थापाले आफ्नो पार्टीले चुनावलाई उच्च प्राथमिकता दिएको बताउँदै रचनात्मक रुपमा सरकारलाई सहयोग गर्नेसमेत बताएका छन् । 

उनले नेपालमा वामपन्थी गठबन्धनपछि एमाले र माओवादीले नेपालमा कम्युनिष्ट शासन लादने प्रयत्न गरेर एकता गरेको भए त्यो सम्भव छैन, भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ