ओम बहादुर खाँण हत्याको अनुसन्धान टोली पाल्पाबाट फर्कियो
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ असोज २५ बुधबार
597
Shares
पाल्पा । रामपुरका युवा ओम खाँणको हत्या भएको ३९ दिनपछि थप अनुसन्धानका लागि प्रादेशीक प्रहरी कार्यालयबाट आएको टोली पाल्पाबाट फर्किएको छ । घटनाको अध्ययनको लागि प्रहरी निरिक्षक राजिव श्रेष्ठको नेतृत्वमा आएको टोलीले घटना स्थल देखि पिडितका आफ्न्ता , जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीसँग आवश्यक विषयमा सोध खोज गरेको थियो । हत्यामा संलग्न तथा आरोपीत मुख्य योजनाकार गंगी थापा , उनकी बहिनी गुन केशरी दर्लामी र कृष्ण कमल चौधरीलाई पाल्पा अदालतले गत अशोज २ गते २७ हजार धरौटीमा रिहा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रक्रिया फितालो तथा अत्यान्तै कमजोर भएका कारणले प्रहरी प्रधान कार्यालय देखि प्रादेशीक प्रहरी कार्यालयले यस घटनालाई गम्भिरतापूर्वक लिएको ले अनुसन्धानको प्रक्रिया पुन सुरु देखि गरिएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । अदालतले प्रहरीको अनुसन्धान अनुसार जिल्ला सरकारी वकिलको रायमा थप अनुसन्धान तथा घटनाको वास्ताविक गहिराईमा नपुगी जिल्ला न्यायधिसको अनुपस्थितमा श्रेष्तेदारको आदेशमा आरोपीत तथा अभियुक्तहरुलाई धरौटीमा छाडिदिए पछि यस हत्या प्रकरणमा प्रहरी अनुसन्धान प्रक्रिया माथि नै मृतकका आफ्न्ताहरुले शङ्का उत्पन्न गदै त्यसको विरोधमा जिल्ला प्रहरी कार्यालय देखि सरकारी वकिलको कार्यालय सम्म विरोध प्रदर्शन गरेका थिए ।
अदालती प्रक्रिया र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रक्रिया माथि नै मृतकका आफ्न्ताहरुले असहमती जनाउदै आएका छन् । आर्थिक चलखेल तथा लेनदेनमा घटनालाई कमजोर बनाउदै अदालतले धरौटीमा छाडिदिनुलाई पुन अनुसन्धानमा आएका टोलीले आफु माहतत्को कार्यालयको अनुसन्धान टोली माथि नै शङ्का उत्पन्न गरेका छन् । अनुसन्धानको क्रममा त्रुटि भए जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली माथी कार्वाहीको प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।