world cup

पत्रकार महासंघको पहिलो पूर्ण बैठक धुलिखेलमा

प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार , २,६४६ पटक हेरिएको

धुलिखेल । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो पूर्ण बैठक काभ्रेपलाञ्चोकको धुलिखेलमा सुरु भएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको बैठकमा महासंघका केन्द्रीय समितिका पदाधिकारी तथा कार्यसमितिका सदस्य धुलिखेलमा सहभागी भएका छन् । 

बैठकमा सहभागीलाई आचार्यले महासंघले प्रस्तुत गर्ने एजेण्डामा केन्द्रित भएर आगामी दिनमा महासंघलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलका लागि सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् । ‘हामी महासंघका नेताहरु यस बैठकबाट महसंघका नीति, कार्यदिशा र आगामी दिनमा महासंघलाई कता डो¥याउने भन्ने विषयमा निर्णय गर्ने भएकाले प्रस्तुत एजेण्डामा केन्द्रित भएर छलफलमा सहभागी हौँ’ आचार्यले भने । 

अध्यक्ष आचार्यले भने “पत्रकार महासंघलाई राजनीतिक समीकरणले कुनै प्रभाव पर्ने छैन, पर्न पनि दिँदैनौँ ।” उनले महासंघले हिजो पनि लोकतन्त्र र पूर्ण स्वतन्त्रको लागि आवाज उठाउँदै आएको र आज पनि त्यही ढंगले काम गर्ने बताए। बैठकमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले केन्द्रीय समिति बैठकलाई स्वागत गर्दै महासंघको केन्द्रीय समितिले विगतमा गरेका निर्णयको कार्यान्वयन गर्न आग्रह गरे। 

सम्बन्धित समाचार

नयाँ