arrow

चित्रबहादुरले कहाँ–कहाँ छाने उम्मेदवार ? 

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौं । चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाले आउँदो प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केही स्थानमा उम्मेदवारी टुंगो लगाएको छ । 

समानुपातिकको बन्दसूची पेश गर्ने दिन मुखैमा आउँदा जनमोर्चाले ३ जिल्लाको उम्मेदवारी टुंगो लगाएको हो । पार्टी प्रवक्ता दुर्गा पौडेलले बाग्लुङ, अर्घाखाँची र प्यूठानको टुंगो लागेको बताइन् । बाग्लुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र प्यूठान प्रतिनिधि सभाका उमेदवार पहिले नै छनोट भएको उनले बताएकी छन् । 
यस्तै, जनमोर्चाले वाम गठबन्धनसँग चुनावी तालमेलको लागि ढोका खुल्ला रहेको  जनाएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति नै जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ– विद्यमान गम्भीर परिस्थितिप्रति ध्यान दिएर अवसरवादी प्रकारले र केबल आफ्नो हार जितको प्रश्न मात्र होइन, भावी राजनीति र प्रतिक्रियावादी वा प्रतिगामी शक्तिहरुलाई पराजित गर्ने प्रश्नलाई ध्यान दिएर आगामी चुनावमा तालमेल गरेर जाने नीति अपनाउन विशेष जोड दिन चाहन्छौँ । स्थानीय तहसम्म वामपन्थीको जनमत र जनलहर वृद्धि भएको छ । यसको मुख्य कारण निर्वाचनमा वामपन्थीको एकता नै हो । जनताको त्यसप्रकारको विचार र भावनालाई सम्मान र रक्षा गर्न ध्यान दिनु पर्दछ’–भनिएको छ ।

अहिलेसम्म टुंगो लागेकाको नामावली 
–बाग्लुङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा मिना पुन ।
–बाग्लुङ प्रदेश सभा–प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ क्षेत्रमा तिलक थापा ।
–बाग्लुङ प्रदेश सभा–प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’क्षेत्रमा कृष्ण थापा ।
–बाग्लुङ प्रदेशसभा –प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ क्षेत्रमा भिमसेन वन ।
–बाग्लुङ प्रदेश सभा – प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ क्षेत्रमा टेकबहादुर घर्ती ।
–प्यूठान प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा इमान सिंह खड्का ।
–प्यूठान प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर  २ मा कृष्ण बहादुर खड्का ।
–अर्घाखची प्रतिनिधि सभामा शेरबहादुर वि.सी. । 
–अर्घाखाँची प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा सागर के.सी. ।
–अर्घाखाँची प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ झविलाल थापा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ