arrow

गठबन्धनमा जोडिएको ३३ दलीय मोर्चाले भन्यो 'बाम गठबन्धन हाँसिमजाकको विषय बन्यो'

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
scan10.jpeg

काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिसम्मिलित बाम गठबन्धनमा जोडिएको ३३ दलीय मोर्चाले बाम गठबन्धन माथि नै गम्भीर आरोप लगाएको छ । गत असोज १८ गते वृहत् वाम एकतामा सामेल हुने र आसन्न संघ र प्रदेशको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्न गोलाकार भित्रको हँसिया हथौड़ामा चुनाव लड्ने निर्णय गरेको ३३ दलीय मोर्चाले शुक्रबार अर्को विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो । 

मोर्चाले आफूले निर्णय गरेको यतिका दिन बित्दा समेत वाम गठबन्धनमा आबद्ध नेकपा एमाले ,माओवादी केन्द्र र नयाँ शक्ती पार्टीले कुनै सम्पर्क ,छलफल र वार्ता समेत नगरेकोमा मोर्चा दुखी रहेको समेत जनाएको छ । साथै बृहत् वाम एकता जस्तो विषयलाई हाँसी मजाक र जोकको विषय बनाएकोमा वाम गठबन्धनको यो रवैया प्रती नै शंका उत्पन्न भएको मोर्चाको आरोप छ । 

वृहत् वाम एकता चाहेको हो भने वृहत् वाम एकता सभाको आयोजना गरी सम्पुर्ण वाम, एक ठामको नीति अवलम्बन गर्न मोर्चा सम्बन्धित पक्ष सङ्ग जोडदार माग गरेको छ । त्यस्तै वाम एकताको नाममा चुनावी भागबन्डा र शक्ति हत्याउने खेल भएको घटनाले वाम एकता चुनावी एकता मात्र होकी भन्ने शंका उत्पन्न भएको विज्ञप्तीमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ