arrow

मालपोत कार्यालय बागलुङका प्रमुख घुस लिँदै गर्दा पक्राउ

logo
नारायण रिजाल,
प्रकाशित २०७४ असोज २७ शुक्रबार
ghus.jpg

बागलुङ । मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विश्वनाथ शर्मा घुस लिदैँ गर्दा रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट नगद १० हजार रुपैँया घुस लिदैँ गरेको अवस्थामा अख्तियारको टोलीले शर्मालाई नियन्त्रणमा लिएको हो । 

घुस मागेको पुर्व सुचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सुचना अधिकारी रमेश ढकालले जानकारी दिए ।

जग्गा रजिष्ट्रेशन पास गर्ने भनी शर्माले सेवाग्राहीबाट नगद १० हजार रुपैँया मागेका थिए । त्यस पश्चात सेवाग्राहीले अख्तियारमा उजुरी दिएको बताएका छन् । मालपोत कार्यालय बागलुङका प्रमुख एवं शर्माकै कार्यकक्षमा घुस लिदैँ गर्दा पक्राउ गरिएको बताइएको छ । 

आयोगले नम्बर टिपेर पठाएको १० हजार रुपैँया शर्माबाट बरामद गरिएको हो । सुचना अधिकारी ढकालले कानुनी कारबाही र थप अनुसन्धानका लागि पोखरा लगिएको जानकारी दिएका छन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ