arrow

आईतबारदेखि एमाले मुलुकको पहिलो पार्टी !

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
UML-1.jpg

काठमाडौं । व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल नेकपा एमाले आईतबारदेखि मुलुकको पहिलो पार्टी बन्ने दाबी गरेको छ । रुपान्तरित संसद्को अन्तिम बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईतबारदेखि नेकपा एमाले मुलुकको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । 

शनिबारदेखि व्यवस्थापिका संसद्को आयू सकिने र स्थानीय तहमा सबैभन्दा धेरै १४ हजार भन्दा बढी जनप्रतिनिधि एमालेबाट उम्मेदवार बनेकाहरुले जितेको तथा कूल मतमा पति एमालेले अरुको भन्दा १ लाख मत बढी ल्याएको भन्दै आईतबारदेखि एमाले नै पहिलो हुने बताएका हुन् । 

यद्यपि सबैभन्दा ठूलो दल भनेर संसद्को पहिलो पार्टीलाई भन्ने गरिन्छ । तर, संसद् नै नरहेकोले जे छ त्यसैको आधारमा आफूहरु आईतबारदेखि पहिलो पार्टी बन्ने उनको तर्कछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ