arrow

आचारसंहिता पालना नगर्ने  सञ्चार संस्थालाई कारबाहीको दायरामा ल्याइने

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
press-council.jpg.jpeg

नेपालगन्ज ।  प्रेस काउन्सिल नेपालका सदस्य संगीता खड्काले पत्रकार आचारसंहिता पालना नगर्ने सञ्चार संस्थानलाई कारबाहीको दायरामा ल्याइने बताएकी छन्  । 

काउन्सिलको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेद्वारा शनिबार  आयोजित ‘पत्रकार आचारसंहिता पालनामा सञ्चार संस्थाको’ भूमिका विषयको अन्तक्र्रिया कार्यक्रममा उनले सञ्चार संस्था नागरिकप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै त्यसका लागि पत्रकार र सञ्चार संस्था कसैको आग्रह तथा पूर्वाग्रहमा लाग्न नहुने बताएकी छन् । 

कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष ठाकुरसिंह थारु, पूर्वअध्यक्षद्वय नीरज गौतम र रुद्र सुवेदी, पत्रकार कृष्ण खनाल, सकिल अहमद कादरी, आलम खान, दुर्गा रोकाय र तिलक गाउँलेले स्वतन्त्र तथा निष्पक्ष पत्रकारिता गर्नका लागि पत्रकार आचारसंहितालाई शिरोधार्य गर्नुपर्ने धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ