arrow

रात्रि बसबाट १५ किलो गाँजासहित तीन जना पक्राउ

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
bus-news-aaa.jpeg

गौशाला । प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आइतबार बिहान तीन जनालाई नियन्त्रणमा लिएको छ ।  
     
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो । 


काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आउँदै गरेको ना ६ख ५४३४ नंको सोनामाई डिलक्स रात्रिसेवा बसलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिगएको प्रहरी टोलीले शंका लागी जाँच गरेको थियो । 

प्रहरीले गाँजासहित सो बसका चालक, सहचालक र एक अपरिचित व्यक्ति र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ