arrow

हराउन थाले दियो बत्ती

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
dipawali-123.jpeg

गौशाला । दीपावलीमा माटोको दियो बाल्ने चलनलाई आधुनिक मिलिक मिलिक बल्ने बिजुली बत्तीले विस्थापित गरेको छ । 

यमपञ्चकको पहिलो रातदेखि माटोले बनाइएको (पाला) दियोको झिलिमिली बत्तीको सट्टा गाउँ शहरमा अहिले आधुनिक बिजुली बत्ती मात्र देखिन्छ । 

दियो बाल्दा महँगो हुनुका साथै झन्झटिले पनि भएकाले दीपावलीमा जलेश्वर मनरा, पिपरा, गौशाला मटिहानी बर्दिवास सम्सी लगायतका क्षेत्र अहिले झिलमिलीको सट्टा मिलिकमिलिक हुन थालेको छ ।औद्योगिक र व्यापारिक क्षेत्रमा यसको रौनक अझ बढी रहेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष कृपाशंकर साहको भनाइ छ । 

प्रत्येक वर्ष दीपावली र छठ पर्वको समयमा  ५० लाखभन्दा बढीको मिलिकमिलिक बत्तीको कारोबार हुने उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष मोहनप्रसाद गुप्ता बताउछन् । 

दियो बाल्न छाडेर मिलिकमिलिक बत्ती बाल्न थालेको निकै वर्ष भइसकेकाले यसपालिको दीपावलीका लागि करिब  डेढ लाखको मिलिकमिलिक बत्ती र सजावटका सामान खरिद गरेको युवा व्यवसायी विनोद मण्डल बताउछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ