arrow

गच्छेदारको लोकतान्त्रिक फोरमसँगको एकिकरण सोमबार मात्र, अखण्ड नेपाल भयो काँग्रेसमा विलय 

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
akhanda-nepal-party-congress.jpg

काठमाडौं । आइतवार साँझ एकिकरण हुने भनिएको नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमको एकिकरण सोमबार विहान ११ वजे हुने भएको छ।

आइतवार अपरान्ह चार वजे अखण्ड नेपाल काँग्रेसमा विलय भएपनि फोरम लोकतान्त्रिक एकिकरण हुने कार्यक्रम आइतवार साँझ पटकपटक सरेर पनि हुन सकेन। साँढे ५ बजे भनिएपनि पटकपटक समय सर्दै राती ९ वजेसम्म पनि एकिकरणको कार्यक्रम भएन। 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार प्राविधिक कारणले हुन नसकेको भनिएको घोषणा कार्यक्रम सोमबार विहान हुने काँग्रेस नेता महेश आचार्यले जानकारी दिए।  

फोरमसँगै छलफलमा रहेका आचार्य सोमबार मात्र एकिकरणको कार्यक्रम हुने जानकारी गराएर फेरि वैठकमै सहभागि भएका थिए। 

लामो समयदेखिको छलफलपछि फोरम लोकतान्त्रिक काँग्रेसमा समाहित हुन लागेको हो ।  एकिकरणका क्रममा फोरम लोकतान्त्रिकका नेताहरुले काँग्रेससँग एकिकरण गरेपछि के के अवसर पाउने लगायतका राजनीतिक एजेण्डामा पनि दुई पार्टीका नेताहरुबीच गम्भिर छलफल भएको छ। दुई पार्टीका नेताहरुबीच सैद्धान्तिकका साथै लिखित सहमति समेत भएको छ। 

बाम गठवन्धन बनेयता काँग्रेसले पनि लोकतान्त्रिक मोर्चा बनाउने प्रयास गरिरहेको बेलामा फोरम लोकतान्त्रिकले काँग्रेसमा नै एकीकरण गर्न लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ