arrow

धारिलो हतियार प्रहारबाट एक दम्पतीको हत्या

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७४ असोज ३० सोमबार
murder.jpg

दैलेख। दैलेखको भगवतीमाई गाउँपालिका वडा नं.७ लामतडा भन्ने स्थानमा गए राती धारीलो हतीयार प्र्हार गरी एक दम्पतीको हत्या भएको छ। मृत्यु हुनेमा ४० वर्षिय जय वहादुर सिंह र उनकी पत्नी ३९ वर्षिय कमला सिंह रहेका छन।

आर्थिक लेनदेनको विषयलाई लिएर मोहन खड्काको घरमा आएका सिंहका दम्पती र उनका छोरा दिपक सिंह संग मोहन खड्काको विवाद भएपछि धारिलो हतियार आँसिले मोहन खड्काले प्रहार गर्दा जय वहादुर सिंह र कमला सिंहको टाउकोमा लागेपछि उनीहरु घटनास्थलमानै मृत्यु भएको र छोरा दिपक सिंह घाईते भएका छन।

घाईतेको अवस्था चिन्ताजनक रहेकोल र उनलाई रातीनै कोहलपुर मेडिकल कलेजमा लगाीएको छ। अभियुक्त मोहन खड्कालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय छानविन गरीरहेको प्रहरी निरिक्षक एकेन्द्र खड्काले जानकारी दिनु भएको छ। लासलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ल्याईदै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ