arrow

उच्च अदालतका ९८ न्यायाधीशको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७४ असोज ३१ मंगलबार
justice.jpg.jpeg

काठमाडौँ।  न्याय परिषद्ले उच्च अदालतका ९८ न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।  परिषद्को सोमबारको बैठकले नियमित सरुवाअन्तर्गत न्यायाधीशकै सरुवा गरेको हो । गत फागुनमा नियुक्ति भएका न्यायाधीशको पनि परिषद्ले सरुवा गरेको हो ।

विशेष अदालत काठमाडौँका सदस्य पनि परिषद्ले हेरफेर गरेको छ ।  यस्तै राजस्व न्यायाधीकरण र वैदेशिक रोजगार न्यायाधीकरणमा पनि नयाँ सदस्य तोकेको छ ।  न्याय परिषद् सचिव राजन भट्टराईले न्यायाधीश सरुवा भएको बताए । भट्टराईले नियमित प्रक्रियामा सरुवा भएको बताए ।

विशेष अदालतको सदस्यमा बाबुराम रेग्मी, द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ, र नारायणप्रसाद पोखरेल तोकिनुभएको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरू क्रमशः वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी, रामप्रसाद सिटौला, पदमप्रसाद बैदिक,  कानुन तथा न्यायमन्त्री यज्ञबहादुर थापा उपस्थित थिए। 

(गोरखापत्र दैनिकबाट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ