- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकार छोड्ने मनस्थिती वनाइ सकेका माओवादी केन्द्रका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पत्रकार संमेलन गरेर आफ्नो कार्यकालको बारेमा जानकारी गराएका छन् ।
मंगलबार मन्त्रालयमा अन्तीम पत्रकार संमेलनको आयोजना गरि महराले उक्त जानकारी गराएका हुन् । पार्टीको निर्णय सरकारबाट बाहिरिने नभइ सकेको र पार्टीको निर्णय आइसक्दा आफु सरकारबाट बाहिरिने बताए । माओवादी अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिने जानकारी प्रधानमन्त्री शेर बहादुर देउबालाई मंगलबार नै गराउँदै छ्न् । सरकारबाट बाहिर रहे पनि चुनावको सुनिस्चितताको आग्रह महराले गरेका छन् ।
स्वच्छ र पारदर्शी चुनाव हुनेमा बिश्वस्त हुदै प्रधानमन्त्रीलाई अप्ठ्यारो नवनाउन आफु सरकारवाट बाहिर जानलागेको बताए । आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै मन्त्री महराले पार्टी सभापति र प्रधानमन्त्री बिचको छलफल पछि प्रचण्डले सरकार छोड्ने वक्तव्य जारी गर्ने बताए।