arrow

एमाले ' नेता ' मनाङगेको समुहले मनाङको नारफूमा चुट्यो स्थानीय, लुट्यो १० लाख 

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
dipak-manang-lutpat.jpg

मनाङ। ठूला शहरहरुमा ठगी तथा लुटपाट मच्चाउँदै हिँड्ने गुण्डा नाइके दीपक मनाङगेले आफ्नै गृह जिल्ला मनाङमा पनि लुटपाट र गुण्डागर्दी शुरु गरेका छन्। मनाङगे एमालेको चुनाव प्रचार गर्न नार्फु गाउँपालिका पुगेका बेला स्थानीय होटल ब्यवसायीसँग रकम लुटेका हुन्। नार्फु गाउँमा होटल बनाउनको लागि काठमाडौंबाट ऋण धन गरेर गाउँ जाँदै गरेका २ जना युवाको साथमा रहेको १० लाख रुपैयाँ मनाङगे र नेकपा एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङको निर्देशनमा लुटेको पिडितहरुले बताएका छन्। 

पिडित युवाहरु कर्मा ओङ्दी लामा र टसी छिरिङ लामाले आफुहरु सुतिरहेको ठाउँबाट आफुहरुको रकम लुटेको गुनासो गरेका छन्। “मेतास्थित घ्याङ्जीको घरमा सुतिरहेका बेला पाँचजना युवाहरु आएर झोलामा भएको रकम दिन भने।” पिडितहरु भन्छन्, “पैसा लिन आएका पाँचजना युवाहरुले हामीलाई डन दीपक मनाङगे र एमाले अध्यक्ष पोल्देन छोपाङले पठाएका हुन् भनेपछि हामीले आफ्नो रकम नदिने भन्यौं।” 

पिडित युवाहरुको अनुसार आफुलाई मार्ने धम्की दिएपछि रकम दिएका हौं। ५–५ लाखको दरले दुईवटा झोलामा रहेको १० लाख झिक्दै गर्दा पिडित टसी छिरिङ डरले भागेको र अर्को पिडित कर्मा ओङ्दी लामालाई अपहरण गरी लगेको उनिहरुले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनमा उल्लेख छ। 

पिडितहरुले प्रहरीमा दर्ता गराएको निवदेनमा राजिव गुरुङ भन्ने दीपक मनाङगे र पोल्देन छोपाङले रकम लुटेनको लागि नारका स्थानीयहरु लोप्साङ फून्जो लामा, धार्जे लामा, तलेखुका कर्मा लाक्पा लामा, थान्चोकका गणेश घले र कोतोका टसी लामा प्रयोग गरेका छन्। पिडित युवाहरुले आफुहरुले नार्फुमा होटल बनाएर ब्यापार गर्नको लागि रकम लिएर गाउँ गएका बेला बाटोमा धम्की दिएर रकम लुटिएकोले रकम पाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन्।

पिडित टसी छिरिङ भागेपछि यस्ले प्रहरीमा खबर गर्छ र आफुहरुलाई असजिलो पर्ने भन्दै मनाङगे र पोल्देनले कांग्रेसले नार्फु मा रकम बाँड्न लगेको भन्दै उक्त रकम जिल्ला प्रहरी कार्यालय चामेमा बुझाएका छन्। तर प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ। उता, दीपक मनाङगेले माथिल्लो मनाङमा मजदुरी गर्दै आएका गोरखालीहरुलाई चुनावमा आफुलाई भोट नहाले हात काटीदिने धम्की दिएका छन्। एमाले मनाङले दीपकलाई प्रदेशतर्फ मनाङ ख को प्रत्यक्षतर्फ उम्मेद्वार सिफारिस गरेको छ। 

मनाङगेले दिएको धम्कीको बिषयमा भने मनाङ प्रशासन भने बेखबर बनेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ