arrow

कपिलवस्तुमा आगलागी, चारलाख बराबरको नोक्सान

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
yasodhara_gaupalika_map.png

कपिलवस्तु ।  कपिलवस्तुको यशोधरा गाउँपालिका ४ पोखरभिटवामा आगलागी हुँदा मोहम्मद रसिदको घरगोठ जलेर नष्ट भएको छ । 

 बिहान ४ बजेतिर आगलागी भएको थियो । आगोबाट मानवीय क्षति नभएको तर घरमा भएको तीनतोला सुन, २० हजार नगद, पाँच सेट मोबाइल, खाद्यान्न, लत्ता कपडा गरी लगभग रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 

मोहम्मदका छोरा कादिर खानका बिहेका लागि ल्याइएका लत्ताकपडा र अन्य भाडा समेत आगलागीमा जलेका हुन् । 

आगलागीबाट गोठमा रहेको एउटा गोरु मारेको छ भने तीन वटा गोरु घाइते भएका छन् । 

फुसको छानो भएको गाईवस्तुको गोठमा धुवाँले लामखुट्टे भगाउनको लागि परालमा आगो बालिएको र त्यही आगोबाट आगलागी भएको स्थानीय अनिल मालीले जानकारी दिएका छन् । 

स्थानीयको प्रयासमा बिहान ८ बजे मात्र आगो नियन्त्रणमा आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ