arrow

कांग्रेस क्रियाशील सदस्य : सबैभन्दा बढी नविकण गर्ने झापा, कम नविकरण गर्ने मुस्ताङ, नयाँ लिनेमा चितवन

कूल ४ लाख ७० हजार ६ सय ५५ क्रियाशील सदस्यता सूची

logo
हाम्रा कुरा
प्रकाशित २०७२ माघ ३ आइतबार
Congres-FNL.jpg.jpeg
चन्द्र धामी, काठमाडौं । नेपाली कांग्रेसले आसन्न १३औं महाधिवेशन प्रयोजनको लागि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले क्रियाशील सदस्यहरुको पूर्ण विवरण आफ्नो वेबसाइटमा राखेको छ । वेबसाइटमा जिल्ला अनुसार नयाँ र पुरानो गरी छुट्याएर नामावलीहरु प्रकाशन गरेको पार्टी केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए । कांग्रेसले १३औं महाधिवेशनका लागि कूल ४ लाख ७० हजार ६ सय ५५ जना क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो । १२ औं महाधिवेशनमा ३ लाख १६ हजार ८ सय ३६ जना क्रियाशील सदस्य रहेकामा यसपटक २ लाख ५७ हजार ४ सय २ जनाले मात्र नविकरण गरेका छन् । 
 
सबैभन्दा कम नविकरण गर्ने जिल्ला 
यसपटक सबै भन्दा कम क्रियाशील सदस्यता नविकरण गर्ने जिल्ला मुस्ताङ् रहेको छ । मुस्ताङ्मा १ सय ८४ जनाको मात्रै सदस्यता नविकरण भएको वेबसाइटमा उल्लेख छ । यस्तै, सवैभन्दा कम नयाँ सदस्यता स्वीकृत हुने जिल्लामा मनाङ् परेको छ । मनाङ्मा १ सय ३५ जनाले मात्र क्रियाशील नयाँ सदस्यता पाएका छन् । 
 
सबैभन्दा बढी नविकण गर्ने जिल्ला 
१३औं महाधिवेशनका लागि सबै भन्दा बढी सदस्यता नविकरण गर्नेमा झापा अगाडी छ । झापामा सबैभन्दा बढी १० हजार ७ सय ९१ जनाको क्रियाशील सदस्यता नविकरण भएको छ । यसैगरी, १३ औं महाधिवेशनका लागि सबै भन्दा बढी नयाँ सदस्यता बनाउने जिल्लामा चितवन अघि छ । चितवनमा ९ हजार ८ सय ७ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको पार्टी कार्यालय सचिव शर्माले जानकारी दिए । यसरी १३ औं महाधिवेशनमा लागि नविकरण भएका क्रियशील सदस्यको संख्या २ लाख २ हजार १ सय ७९ रहेको शर्माले हाम्राकुरालाई बताए । 
 
विदेशबाट कति ?
विभिन्न देशमा रहेका कांग्रेस नेपाली जनसम्पर्क समितिमार्फत क्रियाशील सदस्य हुनेको संख्या ११ हजार ७४ रहेको छ ।  
 
पहिलो पटक वेबसाइटमा 
कांग्रेसले पहिलो पटक क्रियाशील सदस्यता सूची वेबसाइटमा राखेको र यसलाई थप परिमार्जित र व्यवस्थित बनाउँदै लैजाने बताइएको छ ।  सूची हेर्न नेपाली काँग्रेसको आधिकारिक वेबसाइट http://nepalicongress.org मा क्लिक गरेर Username: congressnc Password: congress123 राखेपछि विवरण देखिन्छ ।  वेबसाइटमा क्रियाशील सदस्यको क्रियाशील सदस्यता नम्बर, नाम, थर, बुबा वा पतिको नाम र थर, लिङ्ग, जिल्ला, निर्वाचन क्षेत्र नं., गाविस वा नगरपालिका वडा नंं. र टोल समेत उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ