arrow

गुरुकुलबाट दुई बालक बेपत्ता,विद्यालय बेखबर

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
missing.jpg

जितपुर ।  कपिलवस्तुको एक गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् ।  बाणगंगा नगरपालिका २ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक  सोमबारदेखि बेपत्ता भएका हुन् । 

जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सागर भट्टराई र धनगढी घर भएका १२ वर्षीय अर्जुन सुवेदी बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । 

दश दिनअघि मात्र विद्यालयमा अध्ययन गर्न आएका धनगढीका अर्जुनसँग आफ्नो छोरा पनि बेपत्ता भएपछि सागरकी आमा चिन्तित भएकी छन् । विद्यालयबाट बालक बेपत्ता हुँदासमेत विद्यालय परिवार बेखबर बनेको पारिवारिक स्रोतले गुनासो गरेको छ । 

गुरुकुलबाटै विद्यार्थी बेपत्ता भएपछि परिवारका सदस्य आक्रोशित भएका छन् । गत वैशाखदेखि विद्यापीठमा अध्ययनरत सागर लगनशील र मेहनती विद्यार्थी थिए । 

परिवारले बालक खोजी दिन इलाका प्रहरी कार्यालय, पिपरामा निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ