arrow

तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री विश्वकर्मा

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
min-bahadur-biswakarma.png

काठमाडौं। वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकारले कुनैपनि हालतमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराइ छाड्ने बताए। रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले मुलुक निर्वाचनतर्फ होम्मिएको चर्चा गर्दै तोकिएकै समयमा निर्वाचन हुनेमा जोड दिएको हो। मन्त्री विश्वकर्माले स्थानीय तहको निर्वाचनमा काँग्रेससँग सहकार्य गरेर फाइदा लिएको (माओवादी केन्द्र)ले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेससँग सहकार्य गरेर फाइदा लिन गाह्रो देखेर एमालेसँग गठबन्धन गर्न लागेको आरोप लगाए।

शहरी विकासमन्त्री दीलनाथ गिरीले निर्वाचनको सुनिश्चितताका लागि आफूहरु सरकारमा सहभागी भएको बताए। उनले मंसिरमा निर्वाचन हुनसक्दैन भनेर विपक्षी दलहरूले जनतामाझ अतिरञ्जित कुरा गरेको आरोप लगाए। बिना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले निर्वाचनको सुनिश्चितता नभएका कारण आफूहरु अझैसम्म सरकारमा बसिरहेको बताए। “निर्वाचनको लागि मनोनयन दर्ताको प्रक्रिया अगाडि बढ्ने वित्तिकै हामी सरकार छोड्छौँ,”– उनले भने। प्रधानमन्त्रीले तपाईँहरुले प्रतिपक्षी दलसँग सहकार्य गरेको मन्त्री पद छोड्नुहोस् भनेर आफूहरुलाई भने माओवादी केन्द्र सरकार छाड्न तयार रहेको उनको भनाइ थियो।

राष्ट्रिय जनता पार्टीका नेता जीतेन्द्र सोनलले आगामी निर्वाचनमा संविधान संशोधनको मुद्दा बोकेका लोकतान्त्रिक दलसँग सहकार्य हुने बताए। “राजपा र संघीय समाजवादी फोरम नेपाल निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्ने कुरा भइरहेको छ, केही ठाँउमा काँग्रेस र अरु लोकतान्त्रिक दलसँग पनि सहकार्य गछौँ,”– उनले भने। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ