arrow

एमाले, माओवादी र फोरमका ३ सय नेता कार्यकर्तालाई यसरी स्वागत गरे मिनेन्द्रले 

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
minendra-morang-party-prabesh.jpg

मोरङ। मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिदै गर्दा स्थानिय स्तरमा राजनितिक गतिविधि पनि वढ्दै गएका छन्। केन्द्रीय राजनीति ध्रुविकरण भइरहँदा स्थानियस्तरमा पनि राजनीतिक नेता कार्यकर्ताहरु ध्रुविकरण भइरहेका छन्। लोकतान्त्रिक विचारको नेतृत्वकर्ता नेपाली काँग्रेसमा अन्य राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु समाहित हुने क्रम पनि यहि बीचमा तीव्र भइरहेको छ।

नेपाली काँग्रेसका नेता तथा संसदीय वोर्डका सदस्य डा मिनेन्द्र रिजाल मोरङ २ बाट चुनाव उठ्ने भएपछि त्यस क्षेत्रमा काँग्रेस कार्यकर्तासँगै अन्य पार्टीका नेता कार्यकर्ताहरु पनि उत्साहित भएको बुधवारको एक कार्यक्रममा देखियो।

संसदीय वोर्डमा मनोनित भएपछि पहिलोपटक मोरङ पुगेका रिजाललाई कार्यकर्ताहरुले विराटनगर एयरपोर्टदेखि नै भव्य स्वागत गरेका थिए। सो स्वागत अझ भव्य त्यतिखेर भयो जतिखेर एमाले, माओवादी, संघीय फोरम, राजपा र राप्रपाका करिव ३ सय नेता कार्यकर्तालाई नेता रिजालले स्वागत गर्दै पार्टी प्रवेश गराए। 

नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको राजनीतिक उत्तराधिकारीको रुपमा सोहि क्षेत्रबाट चुनाव उठ्न लागेका रिजाललाई सो क्षेत्रमा स्थानियको पनि अपार समर्थन रहेको छ। सो समर्थन अन्य पार्टीबाट काँग्रेस प्रवेश गरेकाहरुको उत्साहल पनि देखाउने एक स्थानिय अरुण साहले बताए। 

बुधवार रिजालले संघीय फोरमका राष्टिय सल्लाहकार अरुण शर्मा सहितका कार्यकर्ताहरुलाई काँग्रेसमा प्रवेश गराए।  राजपा मोरङ २ को क्षेत्रीय अध्यक्ष राजकुमार राजवंशीलाई पनि उनका स्थानिय कार्यकर्ता सहित रिजाले टीका माला लगाएर पार्टी प्रवेश गराए। 

राप्रपाका जिल्ला सदस्य अनवर मियाँ, एमाले डाइनियाँ गाउँपालिकाको सदस्य  धिरेन्द्र साह र माओवादीका क्षेत्रीय उपाध्यक्ष फजुल मियाँलाई पनि रिजालले पार्टी प्रवेश गराए। 

स्थानियस्तरमा प्रभावशााली रहेका विभिन्न पार्टीका नेता कार्यकर्ता काँग्रेसमा प्रवे्श हुँदा आउने चुनावमा काँग्रेसलाई जित्न समेत सजिलो हुने स्थानिय वुद्धिजिवीहरु बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ