धरानलाई १ नम्वर प्रदेशको राजधानी बनाउन मन्त्रीले नै वुझाए ज्ञापन पत्र
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
426
Shares
काठमाडौं। नेपाली कााग्रेसका नेता तथा वाणिज्य मन्त्री मिन विश्वकर्माले १ नम्वर प्रदेशको राजधानी धरान वनाउन माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।
सुनसरी धरानका स्थानिय नेता तथा वद्धिजिवीहरुसँगै प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउन गएका विश्वकर्माले धरानलाई राजधानी वनाउन माग गरेका हुन्।
संघिय प्रदेशको राजधानी तोक्दा प्रदेशको भौगोलिक सापेक्षतामा रहेर सवै जनतालाई सहज रुपमा राज्यको सेवा सुविधा वितरण गर्न सामर्थ्य राख्छ वा राख्दैन भन्ने कुराको व्याख्या हुन आवस्यक रहेको मन्त्री विश्वकर्माले बताए। प्रदेश १ को राजधानी धरानलाई बनाउदा जनतालाई सहज रुपमा राज्यको सेवा सुविधा वितरण गर्न सामर्थ्य हुने ज्ञापनपत्रमा उल्लेख छ।
विश्वकर्माले धरानलाई राजधानी बनाउन उपयुक्त हुने १५ वटा कारण समेत उल्लेख गरेका छन् ।