काठमाडौं। नेकपा मालेले फुट परस्त नेताहरुलाई कार्वाही गरेको छ। मालेका महासचिव सिपी मैनालीले एक विज्ञप्ती निकाल्दै पोलिटब्यूरो सदस्य एवं पूर्वप्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङको नेतृत्वमा पोलिटब्यूरो सदस्यहरु निलमणि बराल, हिक्मत देउवा, वीरेन्द्र थपलियालाई पार्टीबाट निकालेको जनाएका छन्।
पार्टी हित विपरित फुट परस्त गतिविधीमा संलग्न भएङ्को आरोपमा उनीहरुलाई मालेले कार्वाही गरेको भोलिपल्टै बिहिवार उनीहरु एमालेमा प्रवेश गर्ने भएका हुन्।
माले महासचिव सिपि मैनालीको हात छोडेर हिडेका नेकपा (माले)का पोलिटब्यूरो सदस्य एवं पूर्वप्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङको नेतृत्वमा पोलिटब्यूरो सदस्यहरु निलमणि बराल, हिक्मत देउवा, वीरेन्द्र थपलिया, ईन्द्रकुमार झा, पूर्वसांसद गंगा चौधरी, पूण्य गौतमसहितका नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन्।
बिहिवार पार्टी मुख्यालय धुम्वाराहीमा उनीहरुलाई ओलीले पार्टीमा स्वागत गर्ने भएका हुन्।