arrow

लागुऔषधसहित दुई पक्राउ

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
arest-new-a.jpeg

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित  दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाराका सर्फराज अन्सारी र ओखलढुङ्गाका सुजन लामा रहेका छन् । प्रभागबाट खटिएको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ४९७० नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेकामध्ये अन्सारीलाई नागढुङ्गाबाट र लामालाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ । 

प्रभागका प्रमुख ऋषिराम घर्तीमगरले पक्राउ परेकासँग ५०÷५० एम्पुल डाइजेपाम, फेनार्गन र नुर्फिन बरामद गरिएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ