arrow

प्रजातन्त्रवादी शक्ति एक भएमात्र देश विकास हुन्छ : अध्यक्ष राणा

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
pasupati_rana.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकलाई समृद्ध बनाउन बृहद् प्रजातान्त्रिक एकता आवश्यक रहेको बताएका छन् । 

नेपालीको दोस्रो महान् चाड तिहारको अवसरमा रिपोर्टर्स क्लब नेपालले  राणा निवास महाराजगञ्जमा देउसीभैलो खेल्ने क्रममा अध्यक्ष राणाले प्रजातान्त्रिक शक्तिहरु एक भएमात्र मुलुकले आर्थिक विकासमा फड्को मार्न सक्ने बताएका हुन् । “लोकतन्त्रवादीले मात्र मुलुकलाई विकास गर्न सक्छ,”– उनले भने । 

अध्यक्ष राणाले कुनै पनि हालतमा मङ्सिरमा प्रतिनिधि सभा र र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने स्पष्ट पार्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेससँग सहकार्य गरेर अगाडि बढ्ने आफ्नो पार्टीको निर्णय भए पनि काँग्रेसले कुन कुन ठाँउमा आफ्नो पार्टीलाई सहयोग गर्ने भन्नेबारे निर्णय भईनसकेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ