रौतहट । विना विभागीय मन्त्री प्रभु साहको सांसद विकास कोषको लगानीमा ९५ जना छात्रालाई र छ लाख बराबरको साइकल वितरण गरिएको छ ।
महिलालाई शिक्षाप्रति आकर्षण बढाउन र टाढाबाट विद्यालय आउने छात्रालाई सहयोग गर्न मावि सिम्रा भवानीपुरमा कक्षा ८ र ९ मा अध्ययनरत ती छात्रालाई साइकल वितरण गरिएको हो ।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य वहीद अन्सारी, केन्द्रीय सदस्य त्रिभुवन साह र गुजरा नगरपालिकाका प्रमुखका प्रत्यासी पलट चौधरीसहितको सहभागितामा साइकल वितरण सम्पन्न भएको हो । उक्त सहयोगबाट विद्यार्थीको अध्ययनमा टेवा पुग्ने प्रधानाध्यापक रामेश्वर चौधरीले बताए ।