arrow

सत्तालोलुप वाम गठबन्धनसँग हैन काँग्रेससँग हुन्छ चुनावी तालमेलः महन्थ ठाकुर

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
mahantha_thakur.JPG

काठमाडौं। राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले कांग्रेससँग चुनावी गठबन्धन हुने विश्वास दिलाए । उनले भने,‘यसको लागि हामी अहिले निर्णायक छलफलमा जुटेको छौं, आजपनि हाम्रो भेटवार्ताहरु भएका छन्, कांग्रेससँग चुनावी तालमेल हुन्छ, म विश्वास दिलाउन चाहन्छु।’ 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै संयोजक ठाकुरले भने,‘कांग्रेससँग चुनावी एकता हुन्छ, अब त्यसको लागि करिब–करिब सहमति भैसक्यो, हामी अन्तिम छलफलमा जुटेका छौं।’ यद्धपी उनले राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनलाई ५५ सिट चाहिन्छ भनेर रणनीति लिएको समेत सुनाएँ । मिल्नको लागि नै आफूहरुको कांग्रेस नेताहरुसँग भेटवार्ता भैरहेको उनले जानकारी दिए ।  

नेता ठाकुरले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको नयाँ वामपन्थी गठबन्धन सत्ता स्वार्थको लागि भएको आरोप लगाए । उनले भने,‘वामपन्थीहरुको गठबन्धन कुनै सिद्धान्तले गर्दा बनेको होईन, उनीहरुवीच तालमेल पनि सायद हुँदै नहोला, म फेरि दोहोर्याएर भन्छु वाम ध्रुवीकरण सत्ताको लागि हो, उत्तर र दक्षिण नमिल्ने शक्तिहरु एक ठाउँमा आउन र मिल्न नै सक्दैनन् नि।’

ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेद्धवारहरुको लाईन लागेको समेत सुनाए । उनले भने,‘यो आवश्यकत्ता पनि हो, पद आवधिक हुन्छ, नेतृत्वलाई आफ्नो चयन गर्न अधिकार हुन्छ । त्यो अहिले भैरहेको छ ।’ 

स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेकोले चुनावप्रति सम्पूर्ण जनताको चासो बढेको उनको भनाई थियो । उनले भने,‘अहिले त हाम्रा पहाडका साथीहरु टिकट लिएर गैसक्नुभयो, वार्ता चलिरहेको छ ।’

त्यस्तै उनले पहाड होस् वा मधेश सबै ठाँउका नेपालीहरु मिलेर जानुपर्ने बताए । उनले भने,‘राजनीतिक धुव्रीकरण हुनु आर्थिक हिसाबले मुलुकलाई अघि बढाउने हो भने राम्रो हुन्छ।’

उनले सबैलाई नेपाली देख्नुपर्ने पनि बताए । ठाकुरले थपे,‘सबैलाई नेपाली हुँ भन्ने अपनत्व हुनुपर्ने भाव संविधानमा सबैको अपनत्व हुनुपर्छ, सबैको चेहरामा नेपाली देख्नुपर्‍यो।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ