arrow

अध्यक्ष ओलीद्वारा नेपाल संवत्को शुभकामना

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
exPM_oli.jpg

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत्को नयाँ वर्ष ११३८ का अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । 

शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व रहेको उल्लेख गरेका छन् । “नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो । नेपाल संवत् नेपालको मौलिक संवत् हो”– उनले भनेका छन्, “नेपाल संवत्को यो नयाँ वर्ष मनाइरहँदा यसका प्रणेता शंखधर साख्वालाई पनि म स्मरण गर्न चाहन्छु ।” 

शुभकामना सन्देशमा भनिएको छ, “नेपाली संस्कृतिका धनी छौँ । यो देशमा बसोबास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो ।” 

अध्यक्ष ओलीले सन्देशमा आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनमा सबै जाति, संस्कृति र सम्प्रदायको हितमा काम गर्नसक्ने जनप्रतिनिधि छान्ने विवेक सबैले पुर्याउने भन्ने विश्वास आफूले लिएको पनि बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ