arrow

मनाङगेको हर्कतबाट वाक्क भएकाहरुले छोडे एमाले

एमाले, माओवादी र राप्रपाका तीन दर्जन युवा कांग्रेसमा

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
manang-congress-party-prabesh.jpg

मनाङ । पछिल्लो समयमा एमालेको राजनीतिमा आएका ' गुण्डा नाइके ' दिपक मनाङगेले मनाङमा आतंक मच्चाउन थालेपछि वाक्क भएका एमालेका यूवाहरुले पार्टी परित्याग गरेका छन्। एमालेसँगै अन्य पार्टीका कार्यकर्ताहरुले पनि आफ्नो सम्वन्धित पार्टी परित्याग गरि लोकतान्त्रिक शक्तिलाई वलियो बनाउने भन्दै काँग्रेसमा प्रवेश गरेका हुन्। 

चामे गाउँपालिका अन्तर्गत पर्ने थान्चोक गाउँबाट तीन दर्जन बढि युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आगामी मंसिर १०  गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्बाचनलाई लक्षित एक कार्यक्रममा स्थानिय युवाहरु एमाले, राप्रपा र माओवादी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् । 

शुक्रबार थान्चोक गाउँमा आयोजित शुभकामना आदनप्रदान, अन्तरक्रिया, भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गर्ने युवाहरुको सहभागिता उत्साहजनक भएको नेपाली कांग्रेस मनाङका युवा नेता सुरेन्द्र गुरुङले जानकारी दिए । गुरुङका अनुसार जिल्लामा युवाहरुको आकर्षणमा नेपाली कांग्रेस बनेको छ । 

नवप्रवेशीहरुलाई नेका मनाङका पार्टी सभापति टेकबहादुर गुरुङले खादा अबिर र सदस्यता दिएर स्वागत गरेका छन् । उनले मंसिरमा हुने प्रदेश र प्रतिनिधी सभाको दुवै निर्बाचनमा सफलता हात पार्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । उनले स्थानिय तहमा जे जस्तो गल्ती भएपनि अब गल्तीलाई दोहोर्‍याउन नहुने भन्दै पार्टीको निति, नियममा रहेर अघि बढेमा मनाङमा कांग्रेसकै जीत पक्का रहेको बताए । 

सभापति गुरुङले कसैको डर धम्की, त्रास र प्रलोभनमा नपरी एक भएर आगामी निर्बाचनको प्रचारमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । 

जिल्लाको विभिन्न स्थानबाट युवाहरुको टोली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको र पार्टी प्रवेश कार्यक्रमलाई जिल्लाका सबै गाउँमा पुर्‍याउने लक्ष्य रहेको युवा नेता गुनराज गुरुङले जानकारी दिए । 

सो कार्यक्रममा मनाङका नेताहरु चिन्ता घले, साङ्दो लामा लगायतको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ