arrow

लिम्बू समुदायले खेल्ने देउसी–भैलो (लारीङ्गे–नाम्लिङ्गे) जोगाउनै मुस्किल (भिडियो सहित)

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
limbu-tihar-laringek.jpg

पाँचथर। पूर्वीपहाडी पाँचथर,ताप्लेजुङ,तेह्रथुम,इलाम सहितका जिल्लामा रहेका लिम्बू समुदायले तिहारको समयमा आफ्नै भाषा र लयमा खेल्ने देउसी र भैलो अर्थात् लारीङ्गे र नाम्लिङ्गे पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। बलिहाङको आयुको पुकार गर्दै देउसी र भैलो भन्ने ठाउँमा यो समुदायमा लारीङ्गे र नाम्लिङ्गे भन्ने भन्ने गरिन्छ। दिन–रात तथा समयअनुकूल लारीङ्गे र नाम्लिङ्गे शब्दको प्रयोग गरिन्छ।

तर, पछिल्लो समय युवापुस्ताले यो संस्कृतिलाई बेवास्ता गरेकाले संस्कृति नै लोप हुन लागेको भन्दै यो समुदायका अग्रजले चिन्ता व्यक्त गरेका हुन्। पहिला–पहिला गाउँका घरघरमा गइ लामो समयसम्म लारीङ्गे र नाम्लिङ्गे खेली संस्कृतिको संरक्षण गर्ने गरिएपनि पछिल्लो समय युवाहरु पाश्चात्य संस्कृतिमा लागेको लिम्बू संस्कृतिका ज्ञाता हरिश्चन्द्र लावतीले बताए।

उनले भने,“ हाम्रो पूर्खाहरुले खेल्दै लारीङ्गे र नाम्लिङ्गे हराउन लागिसक्यो अहिले जिल्लामा किराँत याक्थुङ चुम्लुङ लगायत अन्य केहि संघसंस्थाहरुले मात्रै निकालेका छन्,अहिलेका यूवापुस्ताहरु बलिहाङतङनामको बेला अंग्रेजी र हिन्दी गितहरुमा नाच्दै,हिड्दैछन्,यसप्रति हामी चिन्तित छौ।”

अहिले यसको संरक्षणका लागि किराँत याङ्थुङ चुङ्लुङलगायतका केही संस्थाले सहरकेन्द्रित देउसी खेले पनि गाउँका युवा र लिम्बू समुदायले भुल्दै गएको उहाँको भनाई छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ