arrow

कांग्रेसले उपसभापति पद मलाई दिन्छ : गच्छदार

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
gachhadar-new-conve....jpg.jpeg

विराटनगर। उपप्रधानमन्त्री एंव स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले  निर्धारित मितिमै चुनाव हुने भएकाले ढुक्क रहन सवैलाई आग्रह गरेका छन्। विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरागर्दै उपप्रधानमन्त्री  गच्छदारले निर्वाचनका लागी सरकार र निर्वाचन आयोगका तयारी अन्तिम चरणमा रहेकाले तोकिएकै मितिमा निर्वाचन हुने बताए। 

उनले आगमाी मंसिर १० गते र मंसिर २१ गते निर्वाचन गराउन सुरक्षा तायरी देखी सवै तयारी भइसकेकाले निर्वाचनको मिति कुनैपनी हालतमा नर्सने बताए। उनले बाहिरी हल्लापट्टी नलागी तोकिएको समयमै मसीर १० र २१ गते निर्वाचन हुने उल्लेख गर्दै उनले निर्वाचनपछि संविधान कार्यान्यवन हुने र मुलुक विकासको गतिमा अगाडि बढ्ने बताए। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आगामी संसद र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसको वहुमत आउने बताए।

उनले लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसवीचको एकीकरणपश्चात सातवटै प्रदेशमा लहर उत्पन्न भएकाले आगामी निर्वाचपछी नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दावी गरे। सो एकीकरणपश्चात पहिलोपटक विराटनगर आएका उपप्रधानमन्त्री गच्छदारले  नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसले पनि मधेशी, थारु, जनजातिको मुद्दा सम्बोधन गर्ने समान विचारधारा बोकेको पार्टी भएकाले एकीकरण भएको उल्लेख गरे।

उनले यी दुवै पार्टीका कार्यकर्तामा जोश र जाँगरमा वृद्धि भएको बताए। एक प्रश्नको जवाफमा पार्टी एकीकरणको क्रममा नेपाली कांग्रेससंग आफूलाई उप–सभापति पद दिने समभदारी भएको जानकारी गराउँदै उनले फोरम लोकतान्त्रिकका कार्यकर्ताहरुको पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढङ्गले पद दिने सहमति भएको स्पष्ट पारे।

संसद र प्रदेशको उम्मेदवारी दर्तामा लोकतान्त्रिकका कार्यकर्ताले उचित स्थान पाउने बताउँदै  नेपाली काँग्रेसका नेता गच्छदारले पार्टी एकीकरणपछि सातवटै प्रदेशमा उठने सवै उम्मेदवार आफनै हुने धारणा प्रकट गरे। 

उपप्रधामन्त्री गच्छदारले  निर्वाचनका सिट शख्याको विषयमा आफुले कांग्रेससंग कुनै सम्झौता नगरेको भन्दै नेपाली कांग्रेसलाई अव हुने संसदिय र प्रदेशसभाको निर्वाचनमा  सवैभन्दा ठुलोपार्टि बनाउने आफनो प्रमुख  लक्ष्य रहेको बताए। 

उपप्रधानमन्त्री गच्छदारले एमाले र माओवादीबीच भएको चुनावी तालमेलका कारण लोकतन्त्रलाई सुद्धिढ बनाउने जिम्मेवारी कांग्रेसको काधमा आएको बताए। एक प्रश्नमा उनले चुनावी तालमेलका लागी मधेशमोर्चा र नेपाली कांग्रेसबीच गम्भिर छलफल भइरहेकाले चाडै सहमती हुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ