arrow

रुपन्देही तिलोत्तमा नगरपालिकामा ९ लाख सहित २६ जुवाडे पक्राउ

logo
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
kouda-tash-juwa.jpg

बुटवल। रुपन्देही तिलोत्तमा नगरपालिका-५ कैलासपथस्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा-कौडा खेलिरहेको अवस्थामा प्रहरीले आज बिहान छापा मार्दा २६ जनाको जुवाडे समूहलाई पक्राउ गरेको छ।

खानतलासी गर्दा उनीहरुबाट नौ लाख ४६ हजार १९५ सहित कौडा १६ थान र तास बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रवन भट्टराइले जानकारी दिए। पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ