एमाले छोडर माले गएका लाल कुमारले भने, ' एमालेको ज्यादती विरुद्ध मेरो उम्मेद्धारी '
बिकास खड्का,
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
1k
Shares
चरिकोट। २०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति दोलखाको सभापति समेत रहेका लामो समय नेकपा एमाले दोलखाको संगठनमा अनबरत रुपमा काम गरेका लोकप्रिय नेता लालकुमार केसीले नेकपा मालेबाट उम्मेद्धारी दिएका छन्।
नेकपा एमालेमा अन्तिम समयसम्म टिकटका लागि दौडधुपमा लागेका केसीले एमालेबाट टिकट नपाएपछि माले बाट प्रदेश शभामा उम्मेद्धारी दिएका छन्। उनले आफु दोलखामा कम्युनिष्ट पार्टीको संस्थापक रहेको उल्लेख गर्दै संधैभर दोलखा क्षेत्र नं २ मा एक नम्बर क्षेत्रको मात्रै हालीमुहाली रहेको र उक्त ज्यादती विरुद्ध आफुले मालेबाट उम्मेद्धारी दर्ता गराएको बताए।
नेता केसीले आफुलाई मतदान गर्न २ नम्बर क्षेत्रका जनताले पटक पटक चाहाना गर्दा पनि एमालेले अबसर नदिएका कारण कम्युनिष्ट पार्टीबाटै जनताको अभिमत लिने प्रस्टयाएका छन्।
दोलखा एमालेले प्रतिनिधी सभामा केन्द्रिय सदस्य पार्बत गुरुङ र प्रदेश सभाका लागि दोलखा क बाट माओबादी केन्द्रका नेता बिसाल खड्का र दोलखा ख मा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईको मनोनयन दर्ता गराएको छ।
मालेबाट नेता केसी चुनाबी मैदानमा उत्रिएपछि चौलागाइलाइ निकै सकस पर्ने र कांग्रेसले निर्वाचन जित्न सक्ने अनुमान एमाले कार्यकर्ताहरुले गरेका छन्।