arrow

समावेशीताको हिमायती को ? ३२ जिल्लामा उम्मेदवार उठाउँदा एमालेबाट महिला शून्य 

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
3party1.jpg

काठमाडौं । आईतबार प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ३२ जिल्लाको कूल ३७ सिटका लागि मनोनयन सम्पन्न भएको छ । आईतबार रातीसम्म भएको मनोनयनमा समावेशीताको वकालत गर्नै ठूला दलबाट महिला सदस्यहरुको भने उम्मेदवारीमा खडेरी नै परेको छ । कूल ३७  सिटमा राज्यले दिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था अन्तर्गत् ५० प्रतिशत महिलाको व्यवस्था गरेको भएपनि प्रत्यक्ष तर्फ भने न्यून मात्रामा महिलाहरुको उपस्थिती देखिएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचनमा यो पहिलो चरणको मनोनयन दर्ताका क्रममा मुख्य तीन दलबाट ३ वटा मात्रै महिला उम्मेदवारी पर्नुले पनि उनीहरु महिला र समग्र समावेशीताप्रति उदार बन्न नसकेको देखिन्छ । यसरी परेको कूल ३ उम्मेदवारीमा पनि नेपाली कांग्रेसले दुई वटा र माओवादीले एउटा मात्रै उम्मेदवार उठाएको छ । प्रतिनिधि सभा सदस्यको पहिलो चरणको निर्वाचनमा एमालेले एउटा पनि महिला उम्मेदवार उठाउन सकेन । 

यस अघिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कूल २४० स्थानीय तहमा उम्मेदवार उठाएको एमालेले जम्मा २६ जना उम्मेदवार उठाएको थियो । त्यस्तै, माओवादीले पनि सोही २६ स्थानमा महिला उम्मेदवार उठाएको थियो भने काँग्रेसले त्यतिबेला २५ जनालाई उम्मेदवार बनाएको थियो । विजयी हुने उम्मेदवारहरुमा एमालेबाट ३ जना, माओवादीबाट १ जना र काँग्रेसबाट ६ जना महिला विजयी भएका थिए । 

यसरी हेर्दा मुख्य पार्टीहरु मध्ये तीनवटै पार्टी समावेशीतालाई ध्यान दिन नसकिएको देखिएको छ । त्यसमा पनि पछिल्लो समय नेकपा एमाले समावेशिताको मुद्दामा बढी अनुदार बनेको देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ