arrow

मन्त्रिपरिषद् बैठक : मुख्य सचिवमा रेग्मी, पोखरेलको राजीनामा स्वीकृत

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं । सरकारले नयाँ मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सचिव रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । 

तत्कालीन मुख्य सचिव डा. सोमलाल सुवेदीले राजीनामा दिएपछि गत असार २३ गते नियुक्त भएका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री पनि ५८ वर्षे उमेरहदका कारण मंगलबारदेखि अवकाशप्राप्त हुने भएपछि रेग्मीलाई नयाँ मुख्य सचिव नियुक्त गरिएको हो । 

त्यस्तै, सरकारले रेग्मी मुख्यसचिव भएपछि गृह मन्त्रालयमा सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई तानेको छ । त्यस्तै, शंकरप्रसाद अधिकारीलाई अर्थ, ङइन्द्रप्रसाद उपाध्यायलाई लोकसेवा आयोग, रेश्मीराज पाण्डेलाई सामान्य प्रशासन र युवकध्वज जीसीलाई वन र प्रकाश माथेमालाई पशुपन्छी मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलको राजीनामा स्वीकृत गरेको छ । उनको ठाउँमा तत्कालका लागि पूर्वसचिव युवराज भूसाललाई ‘तत्कालका लागि’ सीईओको जिम्मेवारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ