arrow

रोजगारी खोज्दै म्यादी प्रहरी हुन चाहेका १५० युवा सम्पर्कविहिन 

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
achham_new.png

अछाम । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिचालनका लागि अछाममा म्यादी प्रहरी बन्न इच्छुक भएका युवामध्ये १५० जना सम्पर्कमै नआएको पाइएको छ । 

म्यादीका लागि फाराम भरेका यति धेरै संख्यामा युवा अनुपस्थित भएका हुन् । 

अछाममा जम्मा दुई हजार ३१६ युवाले म्यादी प्रहरीका लागि आवेदन दिएकामा छनोटको पहिलो चरणअन्तर्गत आइतबार र सोमबार स्वास्थ्य परीक्षण र अन्य शारीरिक जाँच तथा दौड कार्य सम्पन्न भएको छ । स्वास्थ्य परीक्षण र शारीरिक जाँचको नतिजा निकालेर मंगलबार लिखित परीक्षा हुने अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । 

अछामका लागि जम्मा एक हजार २३४ जना म्यादी प्रहरी छनोट गर्न पाउने कोटा रहेको प्रनाउ न्यौपानेले बताए । 

थप २० प्रतिशतलाई वैकल्पिकमा राखिने बताइएको छ । छनोट भइसकेपछि पनि केहीले बीचमै छोड्न सक्ने अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक पनि राखिएको हो । 

निर्वाचन परिचालनका लागि भर्ना हुने म्यादी प्रहरीले ५५ दिन काम गर्नुपर्ने र उनीहरूले सो अवधिको पारिश्रमिक नेपाल प्रहरीका जवानले पाउनेसरह अर्थात् रु ५१ हजार हुने प्रहरीले जनाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ