arrow

'सेनाको गोली थाप्ने चाहिँ म, सांसद् र मन्त्रीचाहिँ एमालेलाई ?' : मोक्तान 

'जनताको साथ मलाई छ, उम्मेदवारी फिर्ता लिन्न'

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
madan-moktan.jpg

काठमाडौं । २०४७ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेर २०५१ सालदेखि माओवादीमा खुलेर लागेका मैनकुमार मोक्तान २०५१ सालदेखि माओवादी युद्धमा लागे । उनले युद्ध अघि २०५१ सालको चुनाव वहिस्कार गर्नेदेखिका सबैखाले आन्दोलनमा सक्रियतापूर्वक काम गरे । आफ्नो ज्यानको बाजी राखेर उनी जनयुद्धमा पनि लागे । 

तर शान्तिप्रक्रिया पछिको समय उनको लागि त्यत्ति सुखदायी बन्न सकेन । २०६४ सालमा उनलाई पनि टिकट दिनुपर्ने आवाजहरु उठ्न थाल्यो । हुँदाहुँदै अर्कैले टिकट पाएपछि उनी केही दिन निराश त बने । तर सिद्धान्तप्रति निष्ठ र पार्टीमा दुख के हो राम्रोसँग बुझेका उनी पार्टीकै मुख हेरेर मौन बसे । त्यतिबेला नै पनि उनले बागी उम्मेदवारी दिएको भए पनि उनको पक्षमा राम्रै जनमत देखिन्थ्यो । तर पार्टीको लागि त्यस्तो केही गरेनन् उनले । बरु अर्काे चुनावको लागि बाटो कुरेर बसे । 

२०६४ सालमा कूल २ क्षेत्र रहेको रामेछापमा माओवादीको तारा नारायण श्रेष्ठ र डिल्लीमान तामाङलाई टिकट दिईयो र उनीहरुले जिते पनि । उनले पहिलो संविधान सभामा त्याग गरेर कुरेको दोस्रो संविधान सभामा पनि उनलाई पत्याईएन । दोस्रो संविधान सभा निर्वाचनमा माओवादीले लक्ष्मीदेवी गुरुङलार्इ  टिकट दिईयो भने दोस्रो क्षेत्रमा श्याम कुमार श्रेष्ठलाई टिकट दिईयो । उनले त्यो पनि स्वीकार गरे र मौन नै बसे । यस मध्ये श्रेष्ठले जिते भने लक्ष्मीले हारिन् । 

मोक्तानले आफ्नै पार्टीका फरक फरक व्यक्तिले टिकट पाईरहेको भनेर अर्काे चुनावमा त कसो नपाईएला र भनेर बसिरहे । २०६४ सालमा समानुपातिक सांसद् बनेकी लक्ष्मी गुरुङलाई फेरि पनि टिकट दिईयो तर उनलाई दिईएको थिएन । यो पटकको निर्वाचनसम्म कुरेर बसेका उनले प्रतिनिधि सभा सदस्यमा आफ्नै पार्टीका उम्मेदवारलाई टिकट दिएको भएपनि प्रदेश सभामा दुईवटै एमालेलाई टिकटदिएपछि आफू असन्तुष्ट भएको बताए । मोक्तानले उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि राख्दै वाम गठबन्धनको साझा उम्मेदवार एमालेका कैलाश ढुङगेलेको विरुद्ध रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट बागी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

वागी उम्मेदवारी फिर्ता लिनको लागि आफूलाई पार्टीले माग पूरा नगराएको स्पष्ट पारेका छन् । हाम्राकुरासँग कुराकानी गर्दे उनले वार्गेनिङको लागि नभई आफूले चुनाव जित्नको लागि उम्मेदवारी दिएको बताईएका छन् । गठबन्धनले गरेको क्षेत्र विभाजनमा आफ्नो असन्तुष्टि रहेको भन्दै आफूभन्दा कनिष्ट र शान्तिप्रक्रिया पछि पार्टीमा प्रवेश गरेर सांसद् र मन्त्री बनिसकेपनि आफूलाई भने अझै टिकट नदिईएकोले आफू वागी उम्मेदवारी दिन बाध्य भएको उनले बताए । जनताको साथ आफूलाई रहेकोले टिकट नपाएसम्म उम्मेदवारी फिर्ता नलिने उनको अडान छ । 

उनको पक्षमा जिल्लामा जनयुद्धमा दुख भोगेका र पार्टीको सिद्धान्तप्रति प्रतिवद्ध नेता तथा कार्यकर्ताहरु देखिन्छन् । उनीहरुले भोट नहाल्ने र उनीहरुले काँग्रेसलाई भोट हाल्ने हो भने रामेछापमा काँग्रेसको जीत सुनिश्चित देखिन्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ