arrow

'एमालेलाई संगठन सुम्पिनुभन्दा त चुनाव लडेर काँग्रेससँग हार्नु नै ठीक' : पौडेल

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
hemanta_paudel.jpg

काठमाडौं । नेकपा माओवादीका रामेछापका जिल्ला नेता एवं केन्द्रीय आयोजक कमिटी सदस्य हेमन्त पौडेलले माओवादीको पकट क्षेत्रमा पनि फिल्ड भिजिट नगरी केन्द्रीय नेताहरुको स्वार्थमा परी क्षेत्र बाँडफाँड गरिएकोले आफू वागी उम्मेदवार बन्न बाध्य भएको बताएका छन् । 

हाम्राकुरा डटकमसँगको कुराकानीमा रामेछापको प्रदेश क क्षेत्रबाट वागी उम्मेदवारी दिएका उनले रोल्पा पछिको माओवादीको गढ मानिएको रामेछापमा एमालेलाई प्रदेशको नेतृत्व सुम्पिएर जिल्लाको समग्र पार्टी संगठन नै एमालेलाई सुम्पिन लागेको आरोप लगाएका छन् । उनले यो एमालेसँग पार्टी एकीकरण नभई चुनावी तालमेल मात्रै भएको अवस्थामा पार्टीको गढ भत्काउने गरी क्षेत्र बाँडफाँड गरिएकोले पार्टीको अस्तित्व जोगाउनको लागि आफूले वागी उम्मेदवारी दिएको बताएका छन् । 

उनले आफूहरुको वागी उम्मेदवारी जिल्लाका इमान्दार पार्टी कार्यकर्ताहरुको माग भएको भन्दै आफूले यो उम्मेदवारी फिर्ता लिनको लागि नदिएको स्पष्ट पारेका छन् । वागी उम्मेदवारीले नेपाली काँग्रेस जस्ता पार्टीलाई फाईदा पुग्दैन त ? भन्ने प्रश्नमा उनले पार्टीको अस्तित्व सिधै अरुको हातमा लैजानु भन्दा बरु चुनाव लडेर हार्नुमा नै स्वाभिमानको संरक्षण भएको मानिने उनको तर्क थियो । 

आफूले समग्र पार्टीको संरक्षणको लागि यस्तो कदम चालेको भन्दै आफ्नो पार्टी अरुलाई नसुम्पिऔं भन्दाखेरी उल्टै पार्टीले कारबाही गर्छ भने त्या आफू भोग्न तयार रहेको पनि स्पष्ट पारे । २०५६ सालदेखि राजनीतिक यात्रा सुरुगरेको आफूलाई पार्टीले अहिलेसम्म जिम्मेवारी नदिएकोभन्दै उनले अहिलेसम्म कुरेर बसेको भएपनि अब आफूले कुर्न नसकेको स्पष्ट पारे । 

उनले आफू उठ्दा अरुलाई फाईदा हुन्छ भनेर चुप लाग्नु भन्दा पनि अर्काे पार्टीलाई संगठन सुम्पिँदा बढी घातक हुने देखेर उम्मेदवारी दिएको स्पष्ट पारेका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ