arrow

नेपाली काँग्रेसको प्रचारको कमाण्ड बालकृष्ण खाँडले सम्हाल्ने 

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
bal-krishna-khad-minister-defence.jpeg

काठमाडौं । नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि प्रचार समिति गठन गरेको छ । मंगलबार काँग्रेसले संसदीय बोर्डका सदस्य समेत रहेका खाँडलाई प्रचार समिति संयोजक तोकेको हो । 

आसन्न निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी नदिई समानुपातिक निर्वाचनको लागि बन्दसूचीमा नाम पठाईएपछि उनलाई यस्तो जिम्मेवारी दिईएको हो। समितिको सहसंयोजकको जिम्मेवारी भने बद्री पाण्डेलाई दिने तयारी भईरहेको छ । यद्यपि अहिले बाजुरामा रहेकोले उनी चयन भईसकेका भने छैनन् । 

स्थानीय तहको निर्वाचनमा प्रचारप्रसार समितिको संयोजकको रुपमा रहेका नेता रमेश लेखक र सहसंयोजक गगन थापा मध्ये दुबैजना प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिने तयारीमा रहेकोले उनीहरुकै प्रस्तावमा खाँडलाई संयोजक तोकिएको हो । 

संयोजक तोकिएसँगै खाँडले समितिको पहिलो बैठक बालुवाटारमा मंगलबार साँझको लागि बोलाएका छन् । अब काँग्रेसको यो चुनावको प्रचारको सबै कमाण्ड खाँड नेतृत्वको समितिले सम्हाल्ने निश्चित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ