arrow

रामेछापमा बाम गठबन्धनको उम्मेदवार अनाधिकारिक, वागी उम्मेदवार आधिकारिक !

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
uml-mao.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेता एवं पूर्व सांसद् लक्ष्मी गुरुङले नेतृत्व पंक्तिले विधि प्रक्रिया र पद्धतिको धज्जी उडाउने गरी उम्मेदवार छनोट गरेकोले आफूहरुको वागी उम्मेदवारी परेको स्पष्ट पारेकी छिन् । मंगलबार हाम्राकुरासँग कुराकानी गर्दै पूर्व सांसद् गुरुङले माओवादीको मूल गढमा नै पार्टीको हितमा लागेकाहरु भन्दा पनि पार्टीको नेतृत्वका आफ्नाहरुलाई टिकट दिन खोजिएकोले आफूहरुले वागी उम्मेदवारी दिनु परेको स्पष्ट पारेकी छिन् । 

उनले पार्टी पंक्तिले अप्रत्यक्ष रुपमा कुराकानी गरिरहेको भएपनि सिधै आफूहरुलाई उम्मेदवारी फिर्ता लिनको लागि आग्रह नगरेको भन्दै पार्टीमा सक्रिय रहेकाहरुले टिकट पाउने अवस्था नभएसम्म आफूहरुको उम्मेदवारी फिर्ता नहुने उनले प्रष्ट पारिन् । 

पार्टीले कारबाही गर्ने चेतावनी दिएको बारे ईंकित गर्दै गुरुङले आफूहरु रामेछापमा माओवादीको अस्तित्व रक्षाको लागि काम गरिरहेको र त्यतिगर्दागर्दैपनि पार्टीले आफूहरुलाई कारबाही गर्छ भने त्यो भोग्न तयार रहेको बताईन् । रामेछाप जिल्लामा आफूहरुलाई वागी उम्मेदवारी र समानान्तर उम्मेदवारी भनिएको प्रति आपत्ति जनाउँदै उनले पार्टीको जिल्ला संयोजक नै आफूहरुको समूहबाट चुनावमा उम्मेदवारी दिईरहेको बेलामा कसरी हामी वागी हुन्छौं भन्दै प्रतिप्रश्न गरिन् । 

रामेछापमा माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध लक्ष्मी गुरुङ, प्रदेश सभामा एमालेका शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेल र कैलाश ढुंगेलविरुद्ध माओवादीका मैनकुमार मोक्तानले उम्मेदवारी दर्ता गराएका छन्।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ