arrow

नेता लेखकको आरोप : नेपालमा कम्युनिष्ट शासन लाद्ने दुष्प्रयास भयो

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
ramesh_lekhak.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले एमाले र माओवादी नेपालमा कम्युनिष्ट शासन लाद्ने दुष्प्रयासमा लागिरहेको आरोप लगाएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यी दुई दलको यो प्रयास सफल नहुने दाबी पनि गरे । 

‘‘वाम गठबन्धनका नाममा एमाले–माओवादी देशमा कम्युनिष्ट शासन लाद्ने सोचमा छन्,’’ उनले भने, ‘‘उनीहरुको त्यो प्रयास नेपालमा लागु हुने कुनै सम्भावना नै छैन् ।’’ उनले यो गठबन्धनलाई काँग्रेसले सुक्ष्म ढंगले हेर्न जरुरी रहेको पनि बताए । 

यो गठबन्धनले नेपाली काँग्रेसलाई अवसर र चुनौती पनि थपिएको भन्दै नेता लेखकले काँग्रेस यस्ता चुनौती र परिस्थितीको सामना गर्न तयार रहेको बताए । उनले भने ‘‘कांग्रेसका केही कमी कमजोरी अवश्य होलान् तर कांग्रेसलाई विदाई गरेर लोकतन्त्रको जिम्मा दिन जनता सामु अर्को कुनै भरपर्दो पार्टी नै छैन् ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ