arrow

सालकको खपटा लिएर हिंडिरहेको अवस्थामा तीनजना पक्राउ

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
handcuff-clipart-9ipeLdoeT.jpeg.jpeg

मलेखु । धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिक्रीका लागि गाउँबाट लैजाँदै गर्दा गजुरी गाउँपालिकाअन्तर्गत आदमघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । 

पक्राउ पर्नेमा गजुरी गाउँपालिका–७ का झंकबहादुर अधिकारी, भीमबहादुर पण्डित र रामजी भुजेल रहेका छन् । 

लोपोन्मुख जनावरको खपटा बोकेको आरोपमा पक्राउ परेकालाई वन्यजन्तु ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ