आधुनीक खेल मैदानको रुपमा अरणीको मैदानलाइ विकास गरिने
शरद रेग्मी,
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
279
Shares
तुलसीपुर । तुलसीपुर नगरविकास समितिले पुर्णता पाएको छ । समितिका अध्यक्ष यज्ञ वहादुर के.सी को पहलमा निर्मल आचार्य,कृष्ण वहादुर वस्नेत,विर वहादुर वली र दिल कुमारी घर्तीलाई समितिको सदस्यमा मन्त्रीस्तरिय निर्णयवाट मनोनित गरिएको हो । यता मनोनित सदस्यहरुले यक कार्यक्रमका विच सपथ ग्रहण गरेका छन ।
समितिका अध्यक्ष यज्ञ वहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रममा उनिहरुले नगरविकास मितिले आफ्नो क्षेत्राधिकार भित्र रही काम गर्नु पर्ने र
तुलसीपुरलाई वेस्थित सहरको रुपमा विकास गर्दै लैजाने वताएका छन । यता तुलसीपुरको एक मात्र खेल मैदान अरनिको मैदानलाई आधुनिक र वेवस्थितरुपमा विकास गर्न पहल थाल्ने समितिका अध्यक्ष के.सी ले जानकारी दिए ।
उनका अनुसार अरनिको मैदानमा मिनि रंगसाला निर्माण गर्नका लागि प्राविधिक टोलीले स्थलगत सर्वे समेत गरिसकेको छ । काठमाडौं र धनगडीको प्राविधिक टोलीले अरनिको मैदानमा सर्वे समेत गरेर अनुमानित लागत रिपोर्ट समेत केही दिनमा तयार गर्न लागेको छ । यता तत्काल संरक्षणका लागि भन्दै दुई वटा गेट निर्माण गरी सकिएको समितिका कार्यालय प्रमुख लिलावावु सिवाकोटीले जानकारी दिए ।