arrow

अन्तिम नामावली प्रकासन तथा चुनाब चिन्ह बितरण

logo
सुशिल कोईराला,
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
Rasuwa_District.png

रसुवा । मुख्य निर्बाचन अधिकृतको कार्यालय रसुवाले आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली बुधबार सार्वजनिक गरेको छ । कार्यालय नामावली सार्वजनिक गरेसँगै आजै उम्मेदवारहरुलाई निर्वाचन चिह्न समेत वितरण गरेको छ ।

उम्मेदवारी दिएकाहरु माथि परेका उजुरी छानबिन गरी आयोगले हिजो नामावली सार्वजनिक गरेको थियो । उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आयोगले बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोके पनि जिल्लामा कसैले पनि उम्मेदबारी फिर्ता नलिएको मुख्य निर्बाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ ।

त्यसपछि दिउँसो ३ बजे सम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकासन गरे पछि  साँझ  सबै उम्मेदवारलाई निर्वाचन चिह्न दिइएको कार्यालयले बताएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सात पाटीले १२ जनाको उम्मेदबारी दिएका छन भने अन्य ११ जना स्वतन्त्र उम्मेदवार छन ।

पहिलो चरण अन्तर्गत आगामी मंसिर १० गते रसुवा जिल्लामा प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभाका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ