- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधान थाइ नरेश भूमिवल अदुल्यादेजको अन्तेष्टिमा सहभागी हुन बुधबार नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व गर्दै बैंकक प्रस्थान गरेका छन् ।
नेपाल र थाइल्याण्डबीच सुमधुर सम्वन्ध रहँदै आएको र विद्यमान सम्वन्धलाई मजबुत राख्न नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मन्त्री प्रधान सहितको टोली अन्तेष्टिमा सहभागी हुन बैंकक प्रस्थान गरेका हुन । थाइ नरेश स्वर्गीय अदुल्यादेजको बिहिबार अन्तेष्टि गरिने कार्यक्रम छ ।
मन्त्री प्रधानसँगै प्रतिनिधि मण्डलमा परराष्ट मन्त्रालयका दक्षीणपूर्व तथा प्रशान्त महाँशाखाका महाँशाखा प्रमुख दुर्गाप्रसाद भण्डारी समेत सहभागी छन । अन्तेष्टिमा भुटान तथा श्रीलंकाबाट समेत परराष्ट मन्त्री सहभागी हुने कार्यक्रम छ ।