arrow

राप्रपाका नेता एवं चर्चित उद्यमी सूर्यबहादुर केसी काँग्रेसमा प्रवेश 

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
surya_kc.jpg

काठमाडौं । पोखराका चर्चित उद्योगी एवं राप्रपाका पूर्व कोषाध्यक्ष सूर्य बहादुर केसी नेपाली काँग्रेसमा प्रवेश गर्ने घोषणा गरेका छन् । काँग्रेसमा प्रवेश गर्ने उनको घोषणा कार्यक्रमलाई नेपाली काँग्रेस कास्कीले संयोजन गरेको थियो।

पोखरामा बसोबास गरेर विभिन्न क्षेत्रमा लगानी गर्दै आएका केसी नेपाली काँग्रेसको सिद्धान्त र उद्योगी व्यवसायीप्रतिको पार्टीको नीतिबाट आकर्षित भएर आफू नेपाली काँग्रेसमा प्रवेश गर्ने घोषणा गरेका हुन्। उनले पछिल्लो समय बाम ध्रुवीकरणले लोकतान्त्रिक शक्तिहरुलाई कमजोर बनाउने प्रयासलाई चीर्न सबै लोकतन्त्रवादीहरु एक ठाउँमा उभिने आवश्यकतालाई महशुस गर्दै आफू काँग्रेसमा प्रवेश गर्न लागेको केसीले जानकारी गराए।   

केसीको पार्टी प्रवेश घोषणा कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति कृष्ण केसी लगायतका जिल्ला नेताहरुको सहभागिता रहेको थियो । घोषणा कार्यक्रममा बोल्दै केसीले आफू छिट्टै नेपाली काँग्रेसमा प्रवेश गरि काँग्रेसको राजनीतिमा सक्रिय रहने बताए। 

कार्यक्रममा काँग्रेसका नेताहरुले बाम ध्रुवीकरण भईरहेको बेला केसीको काँग्रेस प्रवेश घोषणालाई अत्यन्तै सकारात्मक मानेका छन् । उनीहरुले उनको प्रवेशले सिंगो नेपाली काँग्रेस र विशेषगरी कास्की काँग्रेसलाई महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

केसीको काँग्रेस प्रवेश घोषणाले पोखराका उद्यमी व्यवसायीहरुमा पनि तरंग पैदा गरेको छ। पोखरामा ११ गते हुने एक  कार्यक्रममा काँग्रेस सभापति शेर बहादुर देउवाले केसीलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ