arrow

भक्तपुर अध्यक्षको सिफारिसमा परेका थापाको नाम काटेपछि एमालेमा भाडभैलो

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
uml-flag.png

भक्तपुर । नेकपा (एमाले)का नेता तथा कार्यकर्ताले  टिकट वितरणमा पार्टीले सही व्यक्तिको छनोट गर्नुपर्नेमा जोड दिएका छन् । विशेषगरी एमालेको भक्तपुर क्षेत्र नं १ र २ को प्रतिनिधिसभा र चारवटै प्रदेशमा सर्वसम्मतरूपमा उम्मेदवारको सिफारिश गरे पनि प्रदेश नं २ मा भने प्रदेशसभातर्फ भएको उम्मेदवार सिफारिशको विवादले एमालेमा भाडभैलो भएको छ ।

गाउँ, नगर र क्षेत्रले सर्वसम्मतरूपमा पार्टीका पुराना नेता शशीजंग थापाको नाम सिफारिश गरेको र जिल्ला कमिटी बैठकमा समेत बहुमतले थापाको नाम सिफारिश गरे पनि पार्टी अध्यक्ष राजेन्द्र राजथलाले थापाको नाम काटेर आफ्नो मात्रै नाम पठाएपछि भएको विवादले एमालेभित्र भाडभैलो भएको हो । पार्टी बैठकमा थापा र राजथला दुवैको नाम सिफारिश गरे पनि अध्यक्षले नियम विपरीत नाम काटेपछि थापाले न्यायको माग गर्दै प्रदेश कमिटी र केन्द्रीय तहसम्म निवेदन दिएका छन् ।  

थापा र राजथलामध्ये कसलाई टिकट दिने भन्ने बारेमा पार्टी अध्यक्ष ओलीसमेत अलमलमा परेको र सही व्यक्तिलाई टिकट नदिए अध्यक्षकै क्षेत्रमा चुनाव जित्न निकै संकट भोग्नुपर्ने भन्दै एमाले नेता तथा कार्यकर्ताले योगदान एवं अवसरबाट वञ्चित भएका र जनताले रुचाएका व्यक्तिलाई टिकट दिनुपर्ने माग राखेका छन् ।

सूर्यविनायकमा भएको पत्रकारसम्मेलनमा युवानेता महेश बस्नेतले जेजस्तो गरी नाम सिफारिश भए पनि अन्तमा सही व्यक्तिले टिकट पाउने प्रतिक्रिया दिए । निर्वाचन नजिकिँदै गर्दा चुनावी चहल पहल बढेको बेलामा नेपाली काँग्रेस र एमालेका नेता तथा कार्यकर्ताले भने जातिगत विषयलाई पनि मिलाएर लैजानुपर्ने माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ