तोडियो रामेछापमा माओवादी किल्ला, वेथान गाउँका सबै युवा काँग्रेसमा प्रवेश
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
935
Shares
काठमाडौं । बाम गठबन्धनले गरेको क्षेत्रबाडफाँडप्रति असन्तुष्टि जनाउँदै आएका रामेछाप माओवादीको ठूलो हिस्सा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जनयुद्ध कालमा समेत माओवादीको किल्ला मानिएको वेथान, खाँडादेवी र सैबुका गाउँका सयौं माओवादी नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । बिहीबार काठमाडौंको बालुवाटारमा आयोजित कार्यक्रममा नवीन कुमार लामा, सनतबहादुर तामाङ आदी, शेर बहादुर तामाङ र कलाम सिंह तामाङको नेतृत्वमा वेथान गाउँका २ सय ५६ जना काँग्रेसमा प्रवेश गरेका हुन् ।
यसरी काँग्रेसमा प्रवेश गर्नेहरुमा सामान्य कार्यकर्तादेखि माओवादीका बटालियन कमाण्डरसम्म रहेका छन् । यसरी प्रवेश गर्नेहरु मध्ये ५२ जना नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री देउवाले टीका लगाएर प्रवेश गराएका थिए । उनीहरु नेता रामचन्द्र खड्का र नारायण बहादुर खड्काको नेतृत्वमा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् ।
यी गाउँहरुमा कूल ५५ सय मतदाता रहेका छन् । रामेछापमा नै बाम गठबन्धनको विरुद्धमा ३ जनाको वागी उम्मेदवारी परेको भएपनि उम्मेदवारी फिर्ता लिनको लागि माओवादीको केन्द्रीय कमिटीबाट हेलिकप्टरमा घुमाएर दबाब दिएपछि कार्यकर्ताहरु भने काँग्रेस तिर प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसबाट रामेछापबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार कान्छा लामा, प्रदेशतर्फ १(क)का रत्न कार्की र ख का जीत बहादुर मगरको पनि उपस्थिती रहेको थियो ।
यसरी काँग्रेसमा प्रवेश गर्नेहरुमा सविन लामा, सुनिल लामा ,बुद्द लामा,राजकुमार लामा, धावा लामा,राजेन्द्र तामाङ, बिनोद दोङ तामाङ, विकासलाल तामाङ, सलाम दोङ तामाङ,इन्द्रमान तामाङ, भरत घिमिरे, युवराज लामा, पर्शुराम तामाङ, श्यामबाबु तामाङ, रामचन्द्र खड्का, कल्याण केशी, दिलिप लामा, रत्नबहादुर तामाङ, रोजिलामा ,राजु श्रेष्ठ, सुजन लामा, राजेन्द्र लामा, असोक लामा,सुरवल लामा, अमिर लामा , मनोज लामा, दयाराम तामाङ, सर्जन लामा, याम लामा,राकेश लामा, श्रवण लामा,राजेद्र तामाङ ,बुद्द तामाङ, जनिलाल तामाङ, सुरेस माझी,मुकेश माझी , सन्तलाल माझी, पासाङ लामा दोर्जे, युवराज दोङ, फुलकुमार तामाङ, श्यामलाल तामाङ, सुदिप लामा, अक्षय लामा, तिलक लामा, प्रेम बहादुर दोङ,एकल लामा दोङ, पुरुसोतम लामा, जीतबहादुर तामाङ, शंखलाल तामाङ, तिर्थ लामा र आँधी लामा आदि रहेका छन् ।